Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ठ मेरा गितिरचना मेरा कविता गीतिकथा प्रोफाईल फोटो ग्यालरी भिडियो पाना अन्य विविध सम्पर्क
     
 
 
 
 
 
 
 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
गिती कथा
 
शिर्षकः जीन्दगी
 

कति अनिश्चित छ यो जीन्दगी पनि कहिले श्रावणको भेल बनेर ती अग्ला डाँडाहरु बाट पाखाँ पखेरु हुदै समुन्द्रमा मीसिनु पर्ने, त कहिले शिशिरको उजाडमा उदास मन लिएर हिड्नु पर्ने, त कहिले वशन्तको हरियालिमा मधुपवन बनेर रमाउदै हिड्नु पर्ने, यसरीनै खुसिमा हाँसो छर्दै अनि दुःखमा आँशु बगाउदै जसै विताउनुनै पर्दो रहेछ यो तुच्छ जीन्दगीलाई।

यसरीनै सुरजले पनि वादलरुपी जीन्दगी लिएर कहिले हाँसो अनि कहिले आँशु सँग संघर्स गर्दै भए पनी आफ्नो यात्राको क्रमलाई अगाडी बडाइरहेको थियो, सौभाग्य भनौ या दुर्भाग्यवश उ अचानक बिदेशीनु पुग्छ के गर्ने भाग्यको खेल भनौ या भावीको लेखा भानै। हुनत मानव भएर जन्म लिए पछि जस्तै परीस्थिति सँग पनी संघर्स गर्नुनै पर्दो रहेछ। यसरी उ विदेशीनु पर्दा उस्लाई नरमाईलो नलागेकोत होईन तर घरको स्थिती नाजुक भएकोले भविश्यको लागि उ आफ्नो जीवन, प्रेमिका, बाबा आमा र आफ्नो मातृभुमिलाई छाडेर जानु पर्‍यो उ अहिले सम्झन्छ कस्तो थियो सोचाईहरु अहिले के बनिदियो सोचे जस्तो काहा हुदो रहेछ र यो जीन्दगी पनि

सुरज बिदेसीएको पनि हिजो १ महिना भइसक्यो, खै चिट्ठी पनि लेख्दैन छोराले, यसरीनै उस्का बाबा आमादले कुरा गरी रहेका हुन्छन्। एता क्षितिजलाई भने केहिक्षण पनि फुर्सद हुदैन आफ्नो बाबा आमा र प्रेमिकालाई चिट्ठी लेख्न। उस्ले जमर्को नगरेकोत होईन, तर के गरोस उस्लाई समयको अभाव हुन्यो। एक दिन वल्ल तल्ल घरमा चिट्ठी पठाउन लेखेर राख्न सम्म सफल हुन्छ, केहि दीन पछि मात्र पोष्ट गर्ने समय पाउछ, केहि दिनपछि उस्का बाबा आमाले पाउछन, तर उस्को प्रेमिका रोशु भने आसै आस्मा निरास बन्न पुग्छिन्। मनमनै सुरजलाई गाली गर्छिन अनि फेरी सम्झेर धेरै धेरै माया पनि गर्छिन, मन्मा पुन प्रश्न गर्छिन उस्लाई, के तिमिले जन्मभुमि छाड्दाका वाचाहरु झुटा थिए- तिम्रा विदाईमा बगेका मेरा यी आँसुहरु वर्षादका झरिसरी मात्र थियोत - यसरीनै रोशुले रातदिन सुरजलाई सम्झि सुकोमल हातले लेखिएका, मायालु सब्दले भरीएका पत्रको आसामा वियोगीएर बसीरहेकी हुन्छिन्।

आजत ५ महिना पनि भईसक्यो सुरजले घर छाडेको, सायद मलाई बिर्सि सक्यो होला, विदेशका परिहरुसँग उस्को मिलन भई एक आपसमा माया प्रिती गाँसिसके होलान नत्र त यति महिनासम्ममात धेरै नभए पनि एउटा सम्म त चिट्ठी लेख्न सक्थ्यो नि, यसरी नै आफ्नो अन्धो कल्पनामा डुबिरहेकी हुन्छिन् विचरी रोशु।

अचानक उस्को हातमा एउटा चिट्ठी हुलाकिले दिन्छ, उस्ले हक्षरबाटै चिनी हालिन् सुरजले नै पठाएको भनेर, यसरीनै धेरै समय पछि पत्र पाउदा उस्लाई निस्पट अन्धकारमा दिप बलि दिएझै भान हुन्छ त्यसर्थ हतार हतार खोलेर पड्न थाल्छिन,

मिती २०५१ भदौ २१ गते
मेरी प्रेयसी रोशु
स्मरणिय मायाका नवसौगातहरु तिमीलाई।

यो टुक्रिएको मुटू अनि वेदनाले भरिएको जीवनलाई जस्तै परिस्थितिको जन्जारले बाँधेता पनि आज वर्तमान समय सम्मत आरामनै भन्न बाध्य छ,ु जे जस्तै भएपनि तिमीमा सदा आरामको कामना गर्न चाहन्छु, अनी कुसलनै छौ होला।

रोशु, यो उराठ लाग्दो छातिका वेदनाका सारा संसारलाइ खोलेर सवै तिमीलाइ लेखेर देखाउन नसकेता पनि समरी लेख्ने साहस जुटाएर आज धेरै समय पछि यो सेतो मरुभुमिलाइ कालो मसीले रंगिन बनाउन सफल छु, गल्ति भएमा अज्ञानि सम्झी माफ दिनेनै छौ। रोशु यो संसार यस्तैनै रहेछ दुःख, दर्द, र पिडा सहनु पर्ने, जस्तोसुकै परिस्थिती आई परे पनि विवस भएर सामना गनुनै पर्दो रहेछ। यो भन्दा पहिले कति पत्र लेख्ने जमर्को मैले नगरेकोत होईन, तर के गर्ने समयनै मिल्दैन थियो, आज पनि छोटो मात्र समय पाएर हतार हतार यो पत्र लेख्न बसेको हुँ। तिमिले सम्झौ होला मैले बिर्से भनेर, तर, तर यो कहिल्यै नसोच रोशु, जब सम्म यो प्राण रहन्छ तब सम्म तिमी मेरी हौ सिर्फमेरी, जनम जनम मेरीनै हुनेछौ अरु कसैको हुन सक्दैनौ

रोशु फर्केर एकपल्ट सम्झी हेरत हाम्रा ति बिगतहरु, कति रमणिय थिए ति दिनहरु, अनि कसरी हाम्रो मिलन भएको थियो - अनी स्कुलमा सँगै पडेका, खेलेका, केहि ठठ्टाहरु गरेका, अनि हाम्रा ति वाचाहरु, भगवति सामु मागेका आशिर्वादहरु अनि प्रार्थनाहरु। रोशु तिमिलाई के थाहा कस्तो हुन्छ विदेशको यात्रा, कति दुःखमय हुन्छ भनेर, त्योत केवल मलाई मात्रन थहा छ, तर जे जस्तै कठोर परिस्थिती आई परेपनि तिम्रो सम्झना अनि मायाले सजिलै यी दिनहरु बिताई रहेको छु चाडै भेट हुने आसा लिएर, यो पर्खाईको घडि पनि कति लामो हुदो रहेछ हगी।

अन्तमा सफल होस तिम्रो सि.एल. का परिक्षा यहिनै मेरो शुझकामना, बस आजलाई यतिनै अर्को पत्रमा चाडै भेट्ने बाचा गर्दै यो निर्दोश कलम यहि बन्द गर्छु
उहि तिम्रो अमर प्रेमी
सुरज, बेलायत बाट

पत्र पड्दा पड्दै आँसुको धारा बगि रहेको हुन्छ रोसुको, अनि चिट्ठीलाई धेरैबेर चुमिरहन्छीन चुमिरहन्छिन। यसरी धेरै समय पछि आफ्नो प्रेमिले चिट्ठी पठाएको पाउदा कुन प्रेमिलाई नरमाईलो नलाग्ला र, यो लामो अन्तराल पछिको सुरजको चिट्ठी पड्दा रोसुलाई सुरजनै यहि कतै बोले जस्तो भान हुन्छ। आज भन्दा ५ महिना अगाडी सँगै हाँस खेल गरेको याद गर्छिन, उनिहरु एक-अर्काका ह्रिदयमा बसि सकेका थिए। सुरजका नरम हातका स्पर्सहरु रोशुलाई अझै झल्झली याद आउछ, अनि रोसुले पनि चिट्ठीको जवाफ लेख्न लगत्तै बस्छिन अनि उनी पत्रको शुरुवात यसरी गर्छिन।

मिति २०५१ असोज ८ गते
मेरो प्राण सुरज
लाखौ लाख सम्झना अनि आजिवन माया हजुरलाई, बदलिदो युग अनि वशन्त ऋतुको नव आगमन सँग सँगै जीन्दगीको कथित लामो यात्राको अन्तराल पछि तपाईको पत्र पाउदा म कति खुसी भए म आफैलाईनै थाहा छैन, प्रातकालमा क्षितिज बाट दिब्य ज्योति निस्कने मोति सँगै प्रेमको जनम जनम भर मोह बसाउने प्रबल इच्छा काहा पुगेर पुरा हुने हो, यी सबै तपाईमा भर पर्नेछ। हेर्नोस म एक नारी हुँ म मेरो बाबा आमाको बिकल्पमा चल्न सक्दिन, त्यर्सथ म के भँनु बरु तपाई चाडै घर आउनु होला, सदा तपाईकै प्रतिक्षमा बसिरहेको हुनेछु, सिर्फतपाईकै तपाई विना म एक पल पनि बाच्न सक्दिन, किनकी हामीले अगाबै प्रण गरीसकेका छौ २ खोलाको किनार मिलेर एक दोभानमा एउटै किनारको युगल जोडी भई सँगै जीबन वीताउने, जस्तै भेल बाडी सँग पनि संघर्स गर्दै सँगै बाच्ने छौ।

अन्त्यमा प्रवासी जीवन प्रति सदा सफल्ताको शुभकामना गर्दछु।
तपाईकै म रोशु
सिंदेम्बे बाट

यसरी छरपस्टिएका अक्षरहरुलाई जोडजाम गरी भत्किएको दिललाई थामेर आत्मा द्घारा कथित शब्दहरु लेखि पठाउछिन रोशुले आफ्नो प्रियतमलाई, उता सुरज पनि आफ्नै कल्पनाको सागरमा डुबिरहेको हुन्छ। भौगोलीक दृष्टिकोणले जति टाडा रहे पनी माया र ममताले नजिकै रहेको महसुस गर्दछ मानौ रोशु त्यही पारी कतै हेरी रहेझै चिहाई रहेझै, अनि सुरज सँग लुकामारी खेलीरहेझै महसुस गर्छ ।

यसरीनै सुरज र रोसुका दिनहरु बिती रहेको थियो, पत्रको आवात जावत भईरहेको थियो जहासम्म सफल्ता प्राप्त गर्नलाई तर जीन्दगीको जतिसुकै निचोड्मा पुगेता पनि अनि समय अनुकुल चलेता पनि राशुको केही लागेन, धेरै संघर्स गरिन सुरज सँग जीवन विताउन, तर उन्को बा-आमाले अर्कैसँग विवाह गरीदिने भयो, विगतमा कति वाचाहरु थिए सुरजसँगै जीन्दगी विताउने, ति सबै चुरा फुटे सरी भए, देखेकोले मात्र काहा हुदो रहेछर भाग्यमा लेखेकै हुनु पर्दो रहेछ। आखिर रोशुले सुरजलाई अन्तिम चिट्ठी लेख्न सिवाय केहि रहेन ।

मितीः-२०५४ बैशाख २९ गते
प्राण सुरज
सम्झना साथै माया।

जति बियोग र बेदनाले तडपिएता पनि आज सम्म जीउन बाध्य छु के गर्नु सुरज यो बादल जस्तो जीन्दगी हावाले जता लग्यो त्यतै जानु पर्ने, कयौ डाँडा-पाखा, छहरा, खोला, कन्दराहरुमा ठक्कर खाँदै भए पनि आफ्नो यात्रा पुरा गर्नुनै पर्दो रहेछ। यसरीनै कति दुःख बेदनाहरु सहेर हिजो सम्म हजुरको सम्झना, प्रतिक्षामा तपाई आउने बाटो कुरेर बसेको थिए, कति रात अनि दीनहरु तपाईकै सम्भपना र माया पाउने आशामा विताए, प्रिय सुरज यो हाम्रो प्रेमको मुनालाई हुर्काइ बडाइ यो सानो सुन्दर बगैचामा फुलाई दिनु भएको थियो तर तपाईले टिप्न नपाई अरु कसैले टिपेर लादैछ, जुन तपाईले सजाउनु पर्नेहो तर अरु कसैले सजाउनु लागेको छ। प्रिय के गर्ने मैले कति इन्कार गरे रोए,कराए, आखिर कस्ले सुनी दिने अनि बुझिदिने यो चुडिन लागेको बेदनालाई, त्यस समय तपाई हुनुहुन्न थियो त्यसर्थ म एक्लैको याहा केहि लागेन, आखीर बाबा-आमाले दिई पठाए।

सुरज यो जनममा जे जस्तै भए पनि अर्को जनम्मा तपाइकै रोशु भएर जन्म लिनेछु, अनि सँगै जिउने मर्ने प्रण गर्दछु, तपाईलाई कहि जान दिन्न बरु दुःख सुख यहि केही गरेर खाँउला।

लौत यो जनमको भेटलाई यतिमै अन्त्य गर्दछु अन्त्यमा पुनः आफ्नो स्वास्थ्यको सधै ख्याल राख्नु तपाई सानोमा धेरै दुःखले हुर्कनु भएको हो त्यर्सथ चिसोमा चाडै विराम हुने गर्नु हुन्छ, जन्म दिने आमा सिवाय अरु कस्लेपो राम्रो ख्याल गर्लार मैलै यो लेखेर आगो माथि घिउ थप्न खोजेको होईन प्रिय तपाईको वेदनाहरु मैले राम्ररी बुझेकी छु, हवस्त लेखाईमा गल्ति भए अभागिनी सम्झी माफ दिनु हुन्छ होला भन्दै टाडा हुदैछु।

उहि म तपाईलाई तडपाउने घायल रोशु
सिंदेम्बे २, ताप्लेजुङ्
आखिर के रहेछर जीन्दगी, श्रावणको भेल जस्तो जीन्दगी, शिशिरको उजाड जस्तो जीन्दगी, यस्तैनै होला जीन्दगी, अनिस्चितनै होला जीन्दगी, केवल मरुतुल्य मात्र रहेछ यो जीन्दगी ।

सुरेन्द्र इङ्नाम

टुकर लाइन्स, सेरिया, ब्रुनाइ
सन १९९७ डिसेम्बर २० तारिख।

 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
     
  Main Page  
Copyright © 2009,Sureningnam.com.np.All Right Reserved.