उकाली र ओरालीले, थाकेको छौ आज सारै
चौतारीको शितलमा, थकाइ मेटौ एकै छिन्लाइ
मनै हो यो मेरो पनि, छुने गर्छ तिम्रो पिरले
लाइ हिड्छु थोत्रे भोटा,े बेहोस छु साहुको रिणले
सम्झि हिड्छु अरुलाइ, यस्तै होकी सबैलाइ
चौतारीको शितलमा थकाइ मेटौ एकै छिन्लाइ
दायाँबाट टाली ल्याउछु, बाँया फेरी फाटि दिन्छ
हिजो को थ्यो भाका तेरो, भन्दै साहुले गाली दिन्छ
यस्तै पिरले पीरोल्छ है, सधै तिम्लाइ मलाइ
चौतारीको शितलमा, थकाइ मेटौ एकै छिन्लाइ
उकाली र ओरालीले, थाकेको छौ आज सारै
चौतारीको शितलमा, थकाइ मेटौ एकै छिन्लाइ
सुरेन्द्र इङ्नाम
|