तिम्रो मन्को सागरमा आजै डुबु कि
यै मुटुको कुना भित्र तिम्लाई राखँु कि
उडि हिड्ने पंछि तिमी कहा होला बास
एक्लै जान्छौ भने तिमी मलाई लैजाउ साथ
मै पनि पो तिमी जस्तै उडि हिडौ कि
यै मुटुको कुना भित्र तिम्लाई राखँु कि
बैसालु छ जोवन हाम्रो लाग्ने गर्छ मात
दुई दिने जीन्दगीमा सब्लाई चाहिन्छ साथ
तिम्लाई पाउन आजै देखी खोजी हिडौ कि
यै मुटुको कुना भित्र तिम्लाई राखँु कि
तिम्रो मन्को सागरमा आजै डुबु कि
यै मुटुको कुना भित्र तिम्लाई राखँु कि
डोभर
२९ जुलाई २००७
|