तिमी आयौ वहार ल्यायौ मेरो आँगनमा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीबनमा
भत्किएथ्यो मनहरु उजाड उजाड थियो
कहा थियौ आज सम्म मन्ले खोज्दै थियो
बिहानिको घामसँगै खुसी छायो मन्मा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीबनमा
जून जस्तै शितल तिमी समुन्द्रझै सान्त रै छौ
आकाशझै विसाल तिमी धरतीकै टुक्रा रै छौ
चन्द्रमाझै सितल छायौ सधै मिलनमा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीबनमा
भन्छन सबै सबै गाउछन आफ्नै कथा व्यथा
भुले सबै सबै छाडे तिम्लाई पाए एता
तिमी जस्तै सुवाशिली छैनन् अरु संसारमा
खुसी ल्यायौ उमंग ल्यायौ दुःखी जीबनमा
सुरेन्द्र इङ्गनाम
कोसोभो
२४ मे २००७ |