मन्को कुरा लेखेकी थिन्, चिट्ठि भित्र उन्ले
बुझि न कि उनीलाई, कही कतै मैले
धेरै माया गरे की थिन्, सोचे भन्दा धेरै
झुटो सम्झि मैले बिर्से, गल्ति भयो मेरै
मेरै बाटो हेर्दि रैछिन, अझै पनि उनले
बुझि न कि उनीलाई, कही कतै मैले
चिन जानी छोटो भयो, दुर्भाग्य नै हो कि
मन्को कुरा साटा साट, धेरै थोर भो कि
नबसहै मलाई पर्खि, बेस मलाई भुले
बुझिन कि उनीलाई, कही कतै मैले
मन्को कुरा लेखेकी थिन्, चिट्ठि भित्र उन्ले
बुझि न कि उनीलाई, कही कतै मैले
डोभर
३१ जुलाई २००७ |