खोजिरन्थ्यो यी आँखाले, देख्यो तिमिलार्ई
हजार फूलमा एउटा फूल, रोज्यो तिमिलाई,
अधुरा थिए सपनाहरु, भत्किएका थिए
उडि जाने हावा सँगै, कावा खादै थिए
कस्तो साईत रैछ मेरो, भेटे तिमीलाई
हजार फुलमा एउटा फूल, रोजे तिमिलाई,
तिमी आयौ दुखि मेरो, दुखै हरायो
तिम्ले माग्यौ आधा भारी, आखै रसायो
यो जीवन नै अब मैले, सुम्पे तिमिलाई,
हजार फुलमा एउटा फूल, रोजे तिमिलाई,
खोजिरन्थ्यो यी आँखाले, देख्यो तिमिलार्ई
हजार फूलमा एउटा फूल, रोज्यो तिमिलाई,
गायक: राजेश पायल राई
संगीत: शान्तिराम राई
रेकर्ड मिति: जुलाई २००७
|