हावा सँगै उडि दिन्छ,दुःख सँगै रुन्छ मन
यै मनलाई डोर्याउदै छु कहा टुङ्गिने हो जीवन
मन पारी तरि दिन्छ जीबन वारी रहि रर्यो
धेरै जंघार तर्दै जादा डुङ्गा डुबिदीयो
सावनको भेल रैछ उर्लि दिन्छ मेरो यो मन
यै मनलाई डोर्याउदै छु कहा टुङ्गिने हो जीवन
पहाड जस्तो मुटु मेरो समुन्द्रमा डुबी दियो
आकाश झै बलियो छाति चट्याङले फुटाई दियो
चैतमासको डडेलो झै जलि दिन्छ मेरो यो मन
यै मनलाई डोर्याउदै छु कहा टुङ्गिने हो जीवन
हावा सँगै उडि दिन्छ ,दुःख सँगै रुन्छ यो मन
यै मनलाई डोर्याउदै छु कहा टुङ्गिने हो जीवन
पर्बते मासिक सेप्टेम्बर २००७
डोभर
२४ जुलाई २००७ |