यो मननै कस्तो कस्तो तिमी सँगै साटौ भन्छ
हरेक पलका ब्यथाहरु तिमीलाईनै सुनाउ भन्छ।
भेल बाढि भई दिन्छु सहि दिन्छौ चुपचाप तिमी
आधिबेरी भईदिन्छु थामी दीन्छौ वेग तिमी
भेट मेरो तिमी सँग प्रित सँगै लाउ भन्छ
हरेक पलका ब्यथाहरु तिमिलाईनै सुनाउ भन्छ।
अन्धकार रातमा पनि सधै हात दिने तिमी
प्रत्येक पलका सुनसानमा सधै साथ दिने तिमी
यो मनको भारी पनि तिम्रो सामु बिसाउँ भन्छ
हरेक पलका ब्यथाहरु तिमिलाईनै सुनाउ भन्छ।
अधुरा ति सपनाहरुमा आई दिन्छौ सधै तिमी
अपूरा ति यात्राहरुमा साथ सधै दिन्छौ तिमी
यो मननै कस्तो कस्तो तिमी सँगै साटौ भन्छ
हरेक पलका ब्यथाहरु तिमिलाईनै सुनाउ भन्छ। |