मनको भारी गह्रौ भयो कहाँ गई बिसाउ
मेरो लागि तिमी नैछौ अब कस्लाई सुनाउ।
तिम्रै हु म जनम् जनम् मेरो लागी तिमी
छैनन् कोहि ब्यथा बुझ्ने त्यसैले त तिमी
सुनि देउ न मेरो ब्यथा नत्र कहाँ जाउ
मेरो लागि तिमी नैछौ अब कस्लाई सुनाउ।
रोजेकीछु तिम्लाई मैले सजाकी छु दिल्मा
टिपी दिनु तिमी आई फुलि दिन्छु बगैचामा
राखि दिनु मुटु भित्र नत्र म काहा जाउ
मेरो लागि तिमीनैछौ अब कस्लाई सुनाउ
कहा हुन्न भन्छुर म सुख दुःख तिम्लाई दिन
जीवन मेरो ढल्की जाला आउ चाडै बरु लिन
त्यसै त्यसै मन बगे अब धेरै किन बगाउँ
मेरो लागि तिमीनैछौ अब कस्लाई सुनाउ |