काहाँ भन्न सकुला म तिम्रो माया कति कती
हिरा मोति होईन रैछ सबै किन्न पाईये जती ।
उडी जाने हुरि जस्तै उड्ने तिम्रो मन
सावनको त्यो भेल जस्तै बहकने तन
कस्ले भन्न सक्छर तिम्रो माया मेरो जति
हिरा मोति होईन रैछ सबै किन्न पाईये जती
तिम्लाई पाउने आसै आसमा बिते मेरा पलहरु
कहिले कही विसाउनुहै तिम्रो मन्का पीरहरु
काहाँ भुल्न सकुलार तिम्ले देका माया जति
हिरा मोति होईन रैछ सबै किन्न पाईये जती
२४ अप्रिल २००७
प्रिस्टीना, कोसोभो |