साँझ बिहान देख्ने गर्छु सधै पधेरीमा
को होलीन उनी बसीन मन्को मझेरीमा।
मिरमिरेमै तारा हेर्दै गाउछिन उनि गीत
साझबिहान जुनसँगै लाउने गर्छिन मीत
कस्तो मेरो पापी नजर पर्यो उन्को पछ्यौरीमा
को होलीन उनी बसीन मेरै दिल्मा।
हरेक साझ जुनलाइ बिन्ति मैले गरे
झिस्मीसेमै भेट्न उन्लाई पधेरोमै धाए
बिना बोली आँखाँ जुध्यो झन्कार पर्यो दील्मा
को होलीन उनी बसीन मन्को मझेरीमा।
|