मन्को दियो बाली दिन्छु निभी दीन्छ एकै छिन्मा
सप्ना देख्छु रात भरी सम्झी रुन्छु हरेक छिन्मा
मनै रैछ सबैथोक साटी हिड्यौ अर्कै सँग
बा-आमाको कुरा छाडी प्रित लाँथे तिमी सित
आज बल्ल थाहा पाए छाडी गयौ एकैछिन्मा
सप्ना देख्छु रात भरी सम्झी रुन्छु हरेक छिन्मा
शिमलको भुवा जस्तै माया तिम्ले लाइ दियौ
साथ दिने कसम थियो तर तिम्ले भुली दियौ
सावनको भेल रैछौ आइ हिड्यौ एकै छिन्मा
सपना देख्छु रात भरी सम्झी रुन्छु हरेक छिन्मा
२७ फरवरी २००८
सर्नक्लिफ |