दोभान बजार झरेको बतासै चल्यो सरर
छड्के नजरले हेरेकी योमनै भयो हरर
शिरैमा लाएकी सीरबन्दी नाकैमा थियो बुलाकी
कुन ठाउबाट आएकी जुनझै झलल बलेकी
सिरीरी हावा चलेथ्यो कान्छिको पछ्यौरी फरर
मुसुक्कै हासेर हिडेकी योमनै भयो हरर
खै कस्तो सन्जोग त्यो मेरो उनैलाई मैले देखेको
बोलचाल गर्ने मन थियो भाग्यमा रैनछ लेखेको
दोभान बजार झरेको बतासै चल्यो सरर
छड्के नजरले हेरेकी योमनै भयो हरर |