तिमीलाई सम्झी मुटुभित्रै राखेकीछु
देखेँ धेरैलाई मुटुमा तिम्लाईनै साचेकी छु
कति आए हुरीहरु धेरै गए बाधाहरु
साचि रहेछु तिमीलाई हेरीरहेछु बाटोहरु
सबैलाई छोडी तिमीलाईनै कुरेकीछु
देखेँ धेरैलाई मुटुमा तिम्लाईनै साचेकी छु
भेट्यौ हामि धेरै टाढा बुझिनहै तिम्रो बारे
मेरो मन्ले रोजीसक्यो नभनहै केहि भए
छाति भित्र पिर लुकाई तस्बिर हेरी बाँचेकीछु
देखेँ धेरैलाई मैले मुटुमा तिम्लाईनै साचेको छु
फर्कि आउहै परदेशी गार्हो भयो एक्लै जीउन
पर्खि रहेछु देउरालीमा तिमीलाई भनि लीन
बैसालुका उमंगहरु तिम्लाई भनि साचेकीछु
देखेँ धेरैलाई मैले मुटुमा तिम्लाईनै साचेकी छु |