जीबन बग्यो खोला सँगै कुन समुन्द्रमा मिसीने हो
मनै बग्यो हावा सँगै कहा पुगी फर्कीने हो
हिड्छु हेर्दै जताततै उजाड देख्छु योसंसारनै
डुबि दिन्छु कल्पनामा देख्छु सबै अन्धकारनै
पोल्छ मुटु आज सारै छाति भीत्रै जल्दिने भो
मनै बग्यो हावा सँगै कहा पुगी फर्कीने हो
झस्कि दिन्छु सपनीमै सपनानै नराम्रो भो
त्यसै बित्यो हरेक पल यात्राहरु अपुरो भो
बढ्यो छाति किन धेरै बेदनानै बड्दिने भो
मनै बग्यो हावा सँगै कहा पुगी फर्कीने हो |