वारिपारी केहि छैन मन्ले देख्छ सारा संसार
उजाड भो जीवन याहा बशन्तमा छैन बहार
भागि हिड्छु दुःख सँग छाया बनि आई दिन्छ
रोक्न खोज्छु यो मनलाई मन्कै संसार जलि दिन्छ
कुन साइतको भाग्य मेरो कस्तो रैछ यो संसार
उजाड भो जीवन यहा बशन्तमा छैन बहार
सहि रहेछु पीरहरु लागी रहन्छन सबै ताँति
गार्हो भयो बाच्न अब जलि दियो भाग्य सबै
कस्तो रैछ मेरो भाग्य उस्तै रैछ दुःखी संसार
उजाड भो जीवन याहा बशन्तमा छैन बहार |