लामो रैछ बाटो हाम्रो कुन सँजोगले भेट्यौँ
कति बिश्वास गर्यौ कुन्नि जीन्दगीनै सुम्प्यौ
प्रेमका यो सौगातहरु मुटु भित्रै सजाउनु
हजार दुःख आए पनि मन भित्रै लुकाउनु
दुःखी रैछौ नैत तिमी मै दुःखीलाई रोज्यौँ
कति बिश्वास गर्यौ कुन्नि जीन्दगीनै सुम्प्यौ
हाम्रो सानो संसार लाई सुन्दर बनाई दिनु
भविश्यका सपनाहरु सधै देखि दिनु
मेरो लागी तिमी रैछौ त्यसैलेनै भेट्यौँ
कति बिश्वास गर्यौ कुन्नि जीन्दगीनै सुम्प्यौ |