कल्पनाको सागरमा आजै डुबुकी
हिर्दयको कुनाभित्र तिम्लाई राखुकी
उडि हिड्ने पंछि तिमी कहा होला बास
एक्लै जान्छौ भने तिमी मलाई लैजाउ साथ
मै पनि पो तिमी जस्तै उडि हिडौकी
हिर्दयको कुनाभित्र तिम्लाई राखुकी
बैसालु छ जोवन हाम्रो लाग्ने गर्छ मात
दुइ दिने जीन्दगीमा सब्लाई चाहिन्छ साथ
तिम्लाई पाउन आजै देखी खोजी हिडौकी
हिर्दयको कुनाभित्र तिम्लाई राखुकी |