तिम्लाई खोज्दै हिडे पुगे यो मन्दिरमा
वर माग्दै थिए यो दुनियाको माझ्मा
न तिमीले सुन्यौ नत सुन्यो पत्थरले नै
पर्खदा पर्खदै जीवन अल्झ्यो यो गतिमै
काहा बाट पुगेछु म तिम्रो चौतारीमा
पर्खदा पर्खदै तिम्लाई भए म यो गतिमा
इच्छाहरु ममा गए तिम्लाई कुर्दै
प्यासी भएर मरे तिर्खा साज्दा साज्दै
धेरै जंघार काटे अल्झेछु यो पर्खालमा
वर माग्दै थिए यो दुनियाको माझमा
बादल भित्र पुगे म तिम्लाई खोज्दा खोज्दै
जीवन अल्झ्यो विचमै हिडे पागल भएरै
खोला सँगै बगिरहेछु मन किनारामा
पर्खदा पर्खदै तिम्लाई भए म यो गतिमा |