तिमी एउटा फुल हौ हजार आँखा लाग्छन्
तिमी एउटा संसार हौ हजार मन आट्छन्
हजार कोपिला पलाउदै फुल्ने फुल तिमी हौ
बगैचाबाट निस्कने त्यो सुवाशनी तिमी हौ
चारै दिशा चिहाई हेरे सब्ले तिमीलाइ हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन।
कयौ मुटुमा दुखी दिने त्यो मुटुनी तिमीनै हौ
जहा अरु पुग्या छैनन् त्यहा पुग्ने तिमीनै हौ
एकैछिन रोकी हेरे आकाशले तिम्लाई हेर्छन
तिमी एउटा संसार हौ हजार मन आट्छन।
|