सम्झनाले सताउछ आफ्नै घर गाउ
बस्नु हुन्न पराइ देशमा फर्कि छिटै जाउ।
सिस्नो ढिडो धेरै मिठो पराइ ठाउको भोजन् भन्दा
आफ्नै गाँउको पानी मिठो कहि पाइन्न खोज्दा
आज धेरै याद आयो किन किन मेरै घर गाउ
बस्नु हुन्न पराइ देशमा फर्कि छिटै जाउ।
वारी डाँडा पारी बन बीचैमा छ मेरो गाउँ
पराइको शहर भन्दा बिशाल हुन्छ जन्म ठाँउ
खै कसरी भूल्छु र म मै जन्मेको ठाँउ
बस्नु हुन्न पराइ देशमा फर्कि छिटै जाउ।
भुलौ सबै छोडौ सबै फर्कि जाउ आफ्नै ठाँउ
सबै भन्दा रमाइलो बनौ आफ्नै गाउँ
सम्झनाले सताउछ आफ्नै घर गाउ
बस्नु हुन्न पराइ देशमा फर्कि छिटै जाउ।
ल है बनौ आफ्नै गाउँ............... |