खोजीरहन्थ्यो यि आँखाले देख्यो तिमीलाई
हजार फुलमा एउटा फूल रोज्यो तिमीलाई,
अधुरा थीए सपनाहरु भत्किएका थिए
उडि जाने हावा सँगै कावा खादै थिए
कस्तो र्साईत रैछ मेरो भेटे तिमीलाई
हजार फुलमा एउटा फूल रोजे तिमीलाई,
तिमी आयौ दुखि मेरो दुखै हरायो
तिम्ले माग्यौ आधा भारी आखै रसायो
यो जीवन नै अब मैले सुम्पे तिमीलाई
हजार फुलमा एउटा फूल रोजे तिमीलाई, |