दुखी जीवन मेरो हजुर, दुखै सँग रमाएछु
सुखको दिन साच्दा साच्दै, दुखैमा पो विताएछु
सिस्नो ढिडो खाईकन, सुखी हुन्छु एकै छिन
के ले छाक टार्ने होला, भोली को त्यो दिन
सधै मन्मा पिरै पिर, एकै छिन रमाई दिन्छु
सुखको दिन साच्दा साच्दै, दुखैमा पो विताएछु
कर्मै हारा रैछु म त, त्यसै ले त दुखी भए
भाग्य को यो संसार उस्तै, जीवन भर दुखी रहे
दुखै रै छ मेरो संसार, यै दुख मा रमाउछु
सुखको दिन साच्दा साच्दै, दुखैमा पो विताएछु
दुखी जीवन मेरो हजुर, दुखै सँग रमाएछु
सुखको दिन साच्दा साच्दै, दुखैमा पो विताएछु |