चिसोचिसो बतास, तिमि सँगको त्यो साथ
पहिलो भेट थियो हाम्रो, शुनसान थियो रात
धेरै बोल्न खोज्ने त्यो मन, लुकेका तिम्रा आवाज
दुबै मन मिलेको थ्यो, एकान्त थ्यो त्यो साथ
बाचा थियो माया लाउने, यो कस्तो घात
पहिलो भेट थियो हाम्रो, शुनसान थियो रात
जुनेली रात थियो, बादलले दिएको त्यो साथ
मलिन हावा साथमा तिमी, कस्तो बैसको उन्मात
विहानी प्रहर थियो, झरीले दिएको त्यो निरास
पहिलो भेट थियो हाम्रो, शुनसान थियो रात
चिसोचिसो बतास त्यो, मिर्मिरे थियो रात
पहिलो भेट थियो हाम्रो, शुनसान थियो रात
डोभर
२४ जुलाई २००८ |