आत्तिएर मुर्छा परे, मैले देखे साथि ढलेको
हेर्न सकिन मैले, छातिमा गोलि लागेको
देख्ने गर्छु सपना, संसार नै ध्वस्त भएको
सहन सकिन मैले, मेरै सामु साथि जलेको
भौतारिए यता उता, हेरिरहे गोली लागेको
आत्तिएर मुर्छा परे, मैले देखे साथि ढलेको
रण भुमिमै रात प¥यो, सामना गरिरहे दुश्मनको
सबै पर्खाल ध्वस्त भए, देखे मैले दुश्मन ढलेको
यता उति खोजि हेरे, भेटे सानो थुम्का रहेको
आत्तिएर मुर्छा परे, मैले देखे साथि ढलेको
आत्तिएर मुर्छा परे छु म, मैले देखे तिमी ढलेको
हेर्न सकिन मैले त्यो क्षण, छातिमा गोलि लागेको |